
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
गएको माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ुसेक्युरिटी प्रिटिन्ङु प्रकरणमा जोडिएका सुनील र विकललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्ति आर्जनको अनुसन्धान गर्न आयोगले बयानका लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरू पक्राउ परेका हुन् ।