जोडिनुहोस
  • होमपेज
  • कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा

कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय बालकोष ९यूनिसेफ० ले पूर्वी कङ्गो लोकतान्त्रिक गणतन्त्र डीआरसीमा विस्थापितहरूको शिविरमा भएको बम विस्फोटको निन्दा गरेको छ ।हिंसाबाट भागेका परिवारहरू सुरक्षा प्रदान गर्ने ठाउँमा मृत्यु रण गर्नु तथा घाइते हुने कुरा अकल्पनीय भएको कङ्गोका लागि युनिसेफका प्रतिनिधि ग्रान्ट लेइटीले बताए ।

उहाँले द्वन्द्वका सबै पक्षहरूलाई निर्दोष नागरिक तथा बालबालिकाको जीवन रक्षा गर्न आह्वान गरे । अपराधीहरूलाई जवाफदेही बनाउन र बालबालिका र उनीहरूका परिवारका लागि सुरक्षा बलियो बनाउनु सरकारको जिम्मेवारी रहेको लेइटीले बताए ।

उत्तरी किवु प्रान्तको साकेको बाहिरी इलाकामा विस्थापित मानिसहरूका लागि जाइना शिविरमा सोमबार भएको विस्फोटमा बालबालिकासहित केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

हालैका महिनाहरूमा पूर्वी कङ्गोमा भएको तीव्र द्वन्द्वले विशाल जनसङ्ख्यालाई आधारभूत मानवीय सहायताको आवश्यकता भएको छ । जनवरी २०२४ मा उत्तरी कीभूमा नयाँ विस्थापितहरूको सङ्ख्या सन् २०२३ जनवरी २३ को तुलनामा निकै बढी भएको छ । विज्ञप्ति अनुसार अहिले उक्त प्रान्तमा ११ लाख विस्थापित व्यक्ति रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका