जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु, १६ घाइते

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु, १६ घाइते

काबुल– अफगानिस्तानमा भारी वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले बताएका छन् ।

विगत १० दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङ्गरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठूलो मात्रामा सम्पत्ति क्षति पुर्याउदा १०९ वटा आवासीय घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ । गत मेदेखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । साथै बाढीले ठूलो आर्थिक क्षतिसमेत पुर्याएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options