जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल

आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः अप्ठेरो दिन छ। मन शान्त पार्न आफू सक्रिय हुनुपर्नेछ। सञ्चित धन खर्च हुने योग छ। खानपानकै कारण शरीरमा रोग बढ्नेछ। साथीहरुबाट असहयोग बढ्नेछ। परिवारको भने साथ मिल्नेछ।

वृषः दिन राम्रो छ। तपाईंले गरेका काम सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। वैदेशिक रमझमले मन तानिरहेको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ।

मिथुनः खानपानकै कारण रोगको जोखिम छ। नजिकैका साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रशंसा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमासँगै बस्ने अवसर मिल्नेछ।

कर्कटः बौद्धिक क्षेत्रमा तपाईंको नाम रहनेछ। आफ्नो उचाइ कायम गर्न धन खर्च गर्नुपर्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी भए तपाईंलाई राम्रो फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंहः आफ्ना भनिएका व्यक्तिबाट धोका हुँदा अपरिचित व्यक्तिबाट लाभ लिन सकिनेछ। शिक्षाको लगानीबाट राम्रो फल प्राप्त हुनेछ। परिवारमा अशान्ति हुने दिन छ। प्रेम सम्बन्धमा उतारचढाव आउनेछ।

कन्याः दिदीबहिनीको घर पुग्ने अवसर मिल्नेछ। खानपान र उपहारले मन खुशी हुनेछ। विपक्षी साथी तपाईंलाई सहयोग गर्न सक्रिय छन्। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्ने देखिन्छ।

तुलाः नसोचेको धन प्राप्त हुने दिन छ। थोरै लगानी गरे पनि आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने दुःख सुरु हुने भएकाले समयमै सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। समयको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारलाई खुशी पार्न ठुलो मेहनत गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त हुनेछ।

धनुः दिन सहज छ। मन शान्त हुनेछ। सञ्चित धन खर्च गर्दा अनुत्पादक क्षेत्रमा जाने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन सहज छ। साथीको सहयोग मिल्नेछ। सामाजिक काममा समय दिनु राम्रो हुनेछ। दान गरेर आनन्द मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सुखमय हुनेछ। परिवारसँगै बसेर खानपानको अवसर बनाउन सकिन्छ।

कुम्भः भाग्यको स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार आउनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारले अविश्वास गर्ने खतरा रहेको छ। आज कुनै प्रेम सम्बन्ध अगाडि नबढाउनु नै राम्रो हुनेछ।

मीनः मुल त्रिकोणमा शुभग्रह भएकाले दिन सहज बन्नेछ। साथीको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options