
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड अदालतभन्दा ठूलो हो भन्दै प्रशन गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले बालकुमारी घटनाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।
‘प्रधानमन्त्रीले संसद्मा बोल्दा बालकुमारी घटनामा दुई युवाको हत्या भयो भन्नुभयो ’ उनले भने ‘ हत्या भएको हो भने हत्यारालाई समातरे किन नथुनेको रु घटनाका मुख्य दोषी मन्त्री ज्वालासँग बसेर प्रधानमन्त्री स्वयं चिया खाँदै हिड्न भएको छ । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो’ उनले प्रशन गरे ।