देश
रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बन्न सफल

सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज अध्ययनका लागि अमेरिकाको वासिङ्टन डिसीमा रहेको नासा जानु भएको छ ।
यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसक्नुभएको छ । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै उहाँलाई स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।
नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेसँगै रोजितालाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको छ । उहाँले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताउनुभएको छ ।