
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल हेर्न पुगेका छन् । अध्यक्ष ओली कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेल हेर्न पुगेका हुन् । मैदानमा प्रवेश गर्दा उनले समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए । अहिले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा नेदरल्याण्ड्सले १ सय ३४ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ ।