
महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।
पशुपतिनाथ दर्शनका लागि महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदैछ । यस वर्षको महाशिवरात्री फागुन २५ गते मनाइँदैछ ।