
चालु आर्थिक वर्षको सात महिनामा नेपालले ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। गत वर्षको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो।
मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको तथ्यांकले देखाएको छ।