
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् । सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।
यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरूका लागि लगानी गर्नुपर्ने उनले बताइन् । उनले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । महिला अधिकारको नीति बनाउनका लागि आफूले सांसदहरूलाई प्रेरित गर्ने काम गरिरहेको उनले बताइन्। कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो ।