जोडिनुहोस
  • होमपेज
  • चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने

चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने

चितवनको नारायणी नदी किनारमा आउँदो माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा प्रदर्शनी गर्न लागिएको हो ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो । यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics