
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले जतिसुकै सिद्धान्तको लेप लगाए पनि पाँच दलीय गठबन्धन स्वार्थको भएको बताएका छन् ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
उनले भने, ‘नेताका प्रति जनताको विश्वास क्षयिकरण भएको छ । हामीलाई सत्तामा बस्नु छैन । गठबन्धन बन्दा र छुँट्दा राजनीति कारण हुन्छ । तर अहिले केही कारण छैन ।
सबैलाई थाहा छ तपाई भ्रष्ट्राचार काण्डमा नाम मुछिनुभएको छ । मैले प्रधानमन्त्रीलाई भनेको हो । तपाइको चाल निको छैन । फेरिन लाग्नु भएको जस्तो छ । यो चाल सच्याउँनुहा्ेस् ।’ उहाँले त्यो बेला म फेरिन लागेको छु भन्नुभयो । राप्रपा ०७९ पुस ११ गते गठन भएको प्रचण्ड सरकारमा सहभागी भएको थियो । राप्रपाबाट १४ जना सांसद प्रतिनिधि सभामा छन् ।