
जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त राउत सिकेले जनताबाट चुनिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले पटक(पटक जनताको मतको अपमान भएकाले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री चुनिने व्यवस्था गर्न माग गरे । उनले भने, ‘पटक(पटक विश्वासको मत लिँदा गरिमामय संसद्को अपमान भयो । अब जनताले नै प्रधानमन्त्री चुन्ने व्यवस्था गरौँ । उनले सरकारलाई समर्थन नगर्ने बताए ।’ देउवा