जोडिनुहोस
  • होमपेज
  • रविप्रति मुकुलको आक्रोश– तपाईं बोल्नेमात्रै कि रिजल्ट पनि दिने ?

रविप्रति मुकुलको आक्रोश– तपाईं बोल्नेमात्रै कि रिजल्ट पनि दिने ?

काठमाडौं । रास्वपा महामन्त्री मुकुल ढकाल सभापति रवि लामिछानेप्रति बढी आक्रोशित देखिएका छन् ।

उनले विभिन्न ३९ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन केन्द्रीय समितिमा बोल्न नदिएपछि उनले आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

बैठकमा मुखमा टेप टाँसेर बसेका ढकालले अबको सय दिनमा रास्वपालाई रविको पार्टीबाट बाहिर निकालेर रास्वपा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । “सभापतिज्यू, तपाईंले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनपर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरु । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरु मलाई मतलब छैन, मलाई तपाईंले बोेलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला ।”

उनले सभापति लामिछानेलाई भनेका छन्, “अब तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू समीक्षा गर्नुहोला ।” उनले आफूलाई चुप लगाउन सके पनि जनतालाई नसक्ने हुँदा बेलैमा सच्चिन तयार हुनुपर्ने बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115