जोडिनुहोस
  • होमपेज
  • मुकुल ढकालको लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिले नै अस्वीकार गर्‍यो: मनिष झा

मुकुल ढकालको लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिले नै अस्वीकार गर्‍यो: मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री मनिष झाले महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिले नै अस्वीकार गरेको बताएका छन्।

महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका थिए। त्यो प्रस्ताव सिंगो केन्द्रीय समितिले अस्वीकार गरेको उनले बताए। ‘महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उहाँकै उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो,’ उनले भने। सहप्रवक्ता झाले बैठकमा भू–राजनीतिक, अरू राजनीतिक दलका नेतासँग जोडिएका विषय उठ्ने सक्ने लगायतका कुराले जोखिम लिन नचाहेको बताए।

महामन्त्री ढकालले ३२ पृष्ठको समीक्षा प्रतिवेदनका अलावा ६ पेजको छुट्टै प्रस्ताव बैठकमा पेस गर्न खोजेका थिए। म‌ंगलबार सचिवालय बैठकमा पेस गर्ने अनुमति मागेका थिए। तर सभापतिले रोक लगाएको महामन्त्री डा. ढकालको भनाइ छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?