जोडिनुहोस
  • होमपेज
  • बङ्गलादेशमा भएको प्रदर्शनमा कम्तीमा ३२ जना बालबालिकाले ज्यान गुमाएका युनिसेफको ठहर

बङ्गलादेशमा भएको प्रदर्शनमा कम्तीमा ३२ जना बालबालिकाले ज्यान गुमाएका युनिसेफको ठहर

बङ्गलादेशमा सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै भएको आन्दोलनमा हिंसा भड्किदा ज्यान गुमाउनेमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका पाइएको छ । एक हप्ता अघि भएको हिंसामा ज्यान गुमाएका दुई सय भन्दा धेरै व्यक्तिमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले जनाएको छ । सुरक्षाफौजले आन्दोलन दबाउन बल प्रयोग गर्दा एक जना पाँच वर्षकासहित ३२ जना बालबालिका रहेका पुष्टि भएको युनिसेफको प्रतिबेदनमा उल्लेख छ ।

यस्तै केही बालबालिकालाई थुनामा राखेको भन्दै युनिसेफले बङ्गलादेश सरकारलाई सचेत गराएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कोटा प्रणालीलाई फिर्ता लिएको छ । तर विद्यार्थीहरूले ज्यान गुमाएका, घाइते भएका र थुनामा परेकाहरुको न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help