जोडिनुहोस
  • होमपेज
  • सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र–सूर्यको जस्तो हुनुपर्छ : सांसद रिजाल

सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र–सूर्यको जस्तो हुनुपर्छ : सांसद रिजाल

काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र–सूर्यको जस्तो हुनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले परिपूरक भूमिका निर्वाह गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

“संसारमा रात कहिल्यै पर्दैन । एकातिर सूर्यको प्रकाश छेलिन्छ अनि रात पर्ने हो । सूर्यको प्रकाश छेलिएको बेलामा जब अँध्यारो हुन्छ त्यहाँ चन्द्रमाले प्रकाश दिन्छ,” उनले भने, “यदि सत्तापक्षले भूमिका खेल्न नसकेको ठाउँमा अर्थात उज्यालो किरण पुर्‍याउन नसकेको ठाउँमा चन्द्रमाको रूपमा प्रतिपक्षले भूमिका खेल्नुपर्छ, ओझेल परेको ठाउँमा प्रकाशको किरण परोस् ।”

तर, अँध्यारो परेको ठाउँमा ग्रहणको भूमिका निर्वाह गर्न खोजिएको भनाइ उनको छ । उनले सत्तापक्षले पूरा गर्ने र प्रतिपक्षले कुरा गर्ने भूमिका रहेको पनि बताए । कुरा गर्ने र पूरा गर्ने भूमिकामा सबै दलहरू रहेकाले आसन फेरिँदैमा आकाशपातल जस्तो फरक कुरा गर्न नहुने भनाइ राखे । “पूरा गर्ने ठाउँबाट कुरा गर्ने ठाउँमा आउँदा आकाशपातलको कुरा गर्ने नैतिकताले दिँदैन । त्यसको वजन हुँदैन,” उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको जवाफ दिँदै भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help