जोडिनुहोस
  • होमपेज
  • एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ

एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार चारै जना भारतीय नागरिक हुन्। दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरेको हो।

‘आज बिहान पनि जारी खेलमा बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरेका हौं,’ उनले भने।

सोमबार पक्राउ परेका सुबास भोस र अमित यादव छन्। उनीहरूले स्पोर्ट्स बाजी र प्रोबो भन्ने एपबाट बेटिङ गरेको खुलेको थियो।

एनपीएलमा बेटिङ हुने आशंकामा सीआईबीको टोली कीर्तिपुरमा परिचालन भएको छ। पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help