
जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०-९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७-९ जहाज ल्याउने जनाएको छ । एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गर्नुभयो । ‘यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,’ जापान एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘जापान एयरलाइन्स समूह कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने प्रयासको एक भागको रूपमा ईन्धन-कुशल विमानको परिचयलाई निरन्तर अगाडि बढाउन प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ । जापानले आर्थिक वर्ष २०३० सम्ममा सन् २०१९ को तुलनामा कूल उत्सर्जनमा १० प्रतिशतले कमी ल्याउने र आर्थिक वर्ष २०५० सम्ममा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।