
आयरल्याण्ड वोल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।