
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा महानिरीक्षक कुँवरले प्रहरीमा गृहमन्त्रीविरुद्धको मुद्दा नरहेको बताए ।
यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएकाले राजीनामा दिएर छानबीनमा सहयोग गर्न सुझाव दिएका थिए ।
यो पनि-
यस्तो रहेछ सहकारी ठगीको ‘प्रमाण नपुगेको’ पूरक जाहेरी पूर्णपाठ
राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति
सांसद बडूको प्रश्न- विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?