
शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा झरेको छ ।
आज उत्पादन बाहेकका सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक,फाइनान्स र व्यापार समूहको शेयर उच्च अंकले घटेको छ ।
आज कालिका लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । आज ६० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।