
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १ हजार १ सय रुपैयाँले बढेर तोलामा एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार सुन १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदी पनि २० रुपैयाँले बढेर तोलामा एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।