
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी छन् ।
नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिनुपर्ने अवस्था बनेको हो ।
राष्ट्रिय सभाको उपाध्यक्षमा फागुन २१ गतेको सत्ता गठबन्धनको पत्रमा एमालेको दाबी रहे पनि एकीकृत समाजवादी पनि गठबन्धनमा मिसिएपछि उसलाई उपाध्यक्ष पद दिने की भन्ने बारेमा छलफल भइरहेको छ।