
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् । संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताएका छन् ।