जोडिनुहोस
  • होमपेज
  • आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित

आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित

तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एकरएक विकट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

ओपनर लोकेश बम ८, देव खनाल ६ र विनोद भण्डारीलाई ११ रनमा आउट भए । बसिर अहमद १९ रनमा पभेलिएन फर्किदा पवन सरार्फ १३ र नारायण जोशीले १ रन बनाए । आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १ र १ विकेट लिए । ब्याटिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ रन बनाउँदा मोर्गन टोपिङ ६० रनमा आउट भए ।

योसँगै नेपालले तीन खेलको टी-२० सिरिज २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा २१ रन र ४० रनले पराजित भएको थियो ।
अब आयरल्याण्ड ए र नेपाल ए बीच एकदिवसीय सिरिज पनि हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका