
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगन्जको औद्योगिक विकासका लागि औद्योगिक प्याकेज दिन जरुरी रहेको बताएका छन् । वीरगन्ज र देशकै उद्योग व्यापार क्षेत्रमा बादल छाएकाले सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने उनले बताए ।
सरकारले नीति बनाउँदा सरोकारवालासँग नाम मात्रको कुृरा गर्ने तर कार्यान्वयन नगर्दा समस्या भएको बताए । त्यस्तै, बनेका नीतिहरु केही ब्यक्तिले कब्जा गरेकै कारण उद्योग व्यापार धरासय अवस्थामा पुगेको उनले बताएका छन् ।