
राजविराज । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् ।
राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।
राष्ट्रपति पौडेलको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।