जोडिनुहोस
  • होमपेज
  • कुपन्डोलस्थित बागमती किनारमा पुरूषको शव फेला

कुपन्डोलस्थित बागमती किनारमा पुरूषको शव फेला

काठमाडौं। ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४०–४२ वर्षका पुरूषको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले शव घोप्टो परेको अवस्थामा भेटिएको बताए।
‘बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन,’ उनले भने। शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help