जोडिनुहोस
  • होमपेज
  • सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ : शेखर कोइराला

सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले लगायत साना दलको गठबन्धन सरकार ठिक ढंगले अगाडि बढ्ने बताएका छन् ।

संसद्का दुई ठुला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरङ्कुशता जन्म नसक्ने शंका उब्जिएको भन्दै आवाज उठाउन सक्यौँ भने पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्ने दाबी गरे ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै उनले भने, ‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुई वटा ठुला दल सरकारमा छन् । दुई वटा ठुला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शंका छ। धेरैलाई शंका छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्छ।’ उनले अगाडि भने, ‘कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help