
ओमानमा मौसमसँग सम्बन्धित घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । ओमानको समाचार एजेन्सीले मौसमसँग सम्बन्धित घटनामा १२ जनाको ज्यान गएको र केही हराइरहेका उल्लेख गरेको छ ।
ओमानको राष्ट्रिय आपत्कालीन व्यवस्थापन समितिको खोज तथा उद्धार केन्द्रले हराइरहेकाहरूको खोजी भइरहेको बताएको छ । शर्कियाहको गभर्नरेटमा हराएका पाँच जना नागरिकको खोजी र उद्धार प्रयास जारी रहेको खबरमा उल्लेख छ ।
ज्यान गुमाउनेमा नौ जना विद्यार्थी र एक जना विदेशी नागरिकसमेत रहेका छन् । ओमानमा भइरहेको वर्षाले ठाउँ ठाउँमा अचानक बाढी आइरहेको छ । केही ठाउँमा पहिरो पनि गइरहेको खबरमा उल्लेख छ ।