जोडिनुहोस
  • होमपेज
  • माडीमा विद्युत् सेवा अवरुद्ध

माडीमा विद्युत् सेवा अवरुद्ध

चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार ९केबल० मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको थियो ।

अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए। उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए। आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताए । पटक–पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका