
दुई पक्षको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार एक समूहले निकालेको र्यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो । अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।