
काठमाडौं – बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् ।
जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ ।
खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भरूवा बन्दुक नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।