
काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।