
काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ६९४४ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ३०५९ मतले अगाडी रहेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ५५९१ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १४४३ मत प्राप्त गरेका छन् ।
इलाम-२ मा अहिलेसम्म २४ हजार ७३८ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।