
पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले खनालालई मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्यादसमेत लिएर अहिले अनुसन्धान अघि बढाइएको छ । खनालले केही दिनअघि सकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका जीबी राईको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या गराइसकेको बताएका थिए । जीबीलाई गृहमन्त्रीले नै हत्या गराइसकेको भन्दै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यही प्रकरणमा अफवाह फैलाएको आरोपमा खनाललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनै खनाल पक्राउ परेर छुटेका थिए ।