
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको छ । आज भएको गिरावटसँगै नेप्से परिसूचक मनोवैज्ञानिक रेखा तल अर्थात् १९९८.९६ अंकमा पुगेको छ ।
बिहीबार ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । जसमा ७८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६१ कम्पनीको घट्यो । त्यस्तै आज भएको कारोबारमा ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
आज सबैभन्दा धेरै आइएमई लाइफको २८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो । त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख र गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।