जोडिनुहोस
  • होमपेज
  • प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् ।

कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत् रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात् कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको विशेष उपस्थितिमा रहेको थियो ।

मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका