
काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।
एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए ।
जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए । ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ,’ उनले भने ।