
जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाको ८० लाख रुपैयाँ लुटिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौना गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।