
काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालको पत्रकार सम्मेलन सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न पत्रकार सम्मेलन गरेका हुन् ।
सम्मेलनमा कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराइने छ ।
यसअघि जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बसेको थियो । उपेन्द्र पक्षका ११ जना नेता उपस्थित छन्।