जोडिनुहोस
  • होमपेज
  • कम्बोडियाद्वारा ‘ई–चुरोट’ को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी

कम्बोडियाद्वारा ‘ई–चुरोट’ को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शनिबार मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ । यसमा निकोटिनको उच्चस्तर हुन्छ जसले प्रयोगकर्ताहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

ई–चुरोट वा भ्याप ब्याट्री–सञ्चालित यन्त्र हो । मन्त्रालयको विज्ञप्तिअनुसार यसले प्रयोगकर्ताहरूले श्वास लिने एरोसोलमा विशेष तरल पदार्थलाई तताउँछ ।

ई(चुरोटमा ठूलो मात्रामा निकोटिन हुन्छ र एक अत्यधिक लत लगाउने पदार्थ पनि हो । विज्ञप्तिमा ई–चुरोट सेवन गर्नेहरूले फोक्सोको रोग, फोक्सोको क्यान्सर, हृदय रोग र मस्तिष्कको विकासमा क्षतिको उच्च जोखिम सामना गर्न सक्ने उल्लेख छ । गर्भवतीहरूका लागि ई–चुरोट भेपरले गर्भमा रहेको बच्चाको विकासलाई असर गर्छ ।

लागूऔषध विरुद्धको राष्ट्रिय प्राधिकरणले सन् २०१४ देखि ई(चुरोट र सिसाको आयात, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर केही अवसरवादीहरूले अझै पनि यी उत्पादनहरू बिक्री गर्ने गरेका छन् ।

वास्तवमा ई–चुरोट चुरोटको लत छाड्ने यन्त्र होइन । यसले प्रयोगकर्ताको स्वास्थ्य, उनीहरूको परिवार र समाजमा साँच्चै खतराहरू निम्त्याएको छ ।

स्वास्थ्य मन्त्रालयले ई(चुरोटको आयात, व्यापार र प्रयोगलाई नियन्त्रण गर्न र ई(चुरोट सेवनबाट स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन सबै तहका सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेको छ । यस मुलुकमा विशेषगरी युवाहरूमा ई–चुरोटको प्रयोग बढेपछि मन्त्रालयबाट उक्त चेतावनी आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका