जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएका कारण नेपाल विवादमा परेका थिए । भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको उनको अभिव्यक्ति थियो ।

बुद्धिजीवी तथा नागरिक समाजले उनको राजीनामा माग गरेको थियो । नेपालले पछि आफूले त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका