
काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
मधेस प्रदेशमा आइतबार नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि यादव संघीय सरकारबाट बाहिरिएका हुन् ।
यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।