जोडिनुहोस
  • होमपेज
  • जेठ ३ गते विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी

जेठ ३ गते विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी

काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ ।

कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि सोडारी ढुक्क भएका हुन् । गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले यसअघि सुदूरपश्चिम प्रदेशमा दुई पटकसम्म विश्वासको मत लिने जमर्को गरे ।

तर केन्द्र सरकारविरुद्ध अध्यक्ष माधव नेपालको गतिविधिले रुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई तत्कालै विश्वासको मत नदिन निर्देशन नै जारी गरे । मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले तयार भएन । एमालेको अडानका कारण विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गतेलाई सारियो । वैशाख २१ मा पनि आफूहरूसँग छलफल नगरी मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले मानेन । २१ गते पनि प्रदेश सभा बैठक बस्न नसक्दा सोडारीको विश्वासको मतको योजना तुहियो ।

यता कोशी प्रदेशमा एमालेका कार्कीलाई एकीकृत समाजवादीका ४ सांसदले सोमबार विश्वासको मत दिन लागेका हुन् । समाजवादीको यो निर्णयसँगै कार्कीको पक्षमा उभिने सांसदको संख्या ५७ पुगेको छ । कोशीमा एमालेका हिक्मत कार्कीको पक्षमा समाजवादी उभिएसँगै सुदूरपश्चिचका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिन लागेको पूर्व अर्थमन्त्री नरेश शाहीले खबरहबलाई बताए । उनले भने, ‘हामी जेठ ३ गते विश्वासको मत लिँदै छौँ ।’

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अब सोडारीलाई विश्वासको मत दिने बताए । ‘उहाँहरूलाई हाम्रो साथ छ । ४ गतेसम्म समय छ । हाम्रा साथी दमनजी बुवाको काजकिरियाकमा भएकाले वैशाखमा दिन पाइएन’, उनले भने । मुख्यमन्त्री सोडारीले पनि एकदुई दिनभित्रमै विश्वासको मत लिने खबरहबलाई बताए । उनले भने, ‘मलाई सहज छ । अब एक दुई दिनमै विश्वासको मत लिन्छु ।’

सत्ता गठबन्धनमै रहेर पनि ओली र नेपालबीच अझै सुमधुर सम्बन्धन बन्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेतासँग छलफल गरेर प्रदेशमा सहज वातावरण बनाएका हुन् । आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका थिए । त्यसपछि ओलीले कोशीमा एमालेलाई एकीकृतले सघाएपछि सुदूरपश्चिममा पनि सोडारीलाई सघाउने बताएका थिए ।

यससँगै सत्ता गठबन्धन नेताबीचको तनाव पनि केही कम भएको छ । उता मधेसमा पनि तत्काललाई जनमतलाई नभित्र्याएर एमाले नेतृत्वकै सरकार बनाउने बाटो खोलिएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई पार्टीको पोलिटब्युरो बैठकका लागि काठमाडौं आएका छन् । यस्तोमा अध्यक्ष नेपालले राईलाई विज्ञप्ति नै निकाल्न लगाएर एमालेका कार्कीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएका छन् ।

आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई काठमाडौंमा भेटेर आग्रह गरेका थिए । त्यसपछि एमालेसँग एक चरण कुरा गरेपछि सहमति भएको हो ।काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि सोडारी ढुक्क भएका हुन् ।

गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले यसअघि सुदूरपश्चिम प्रदेशमा दुई पटकसम्म विश्वासको मत लिने जमर्को गरे । तर केन्द्र सरकारविरुद्ध अध्यक्ष माधव नेपालको गतिविधिले रुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई तत्कालै विश्वासको मत नदिन निर्देशन नै जारी गरे ।

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले तयार भएन । एमालेको अडानका कारण विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गतेलाई सारियो । वैशाख २१ मा पनि आफूहरूसँग छलफल नगरी मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले मानेन । २१ गते पनि प्रदेश सभा बैठक बस्न नसक्दा सोडारीको विश्वासको मतको योजना तुहियो ।

यता कोशी प्रदेशमा एमालेका कार्कीलाई एकीकृत समाजवादीका ४ सांसदले सोमबार विश्वासको मत दिन लागेका हुन् । समाजवादीको यो निर्णयसँगै कार्कीको पक्षमा उभिने सांसदको संख्या ५७ पुगेको छ ।

कोशीमा एमालेका हिक्मत कार्कीको पक्षमा समाजवादी उभिएसँगै सुदूरपश्चिचका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिन लागेको पूर्व अर्थमन्त्री नरेश शाहीले खबरहबलाई बताए । उनले भने, ‘हामी जेठ ३ गते विश्वासको मत लिँदै छौँ ।’

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अब सोडारीलाई विश्वासको मत दिने बताए । ‘उहाँहरूलाई हाम्रो साथ छ । ४ गतेसम्म समय छ । हाम्रा साथी दमनजी बुवाको काजकिरियाकमा भएकाले वैशाखमा दिन पाइएन’, उनले भने ।मुख्यमन्त्री सोडारीले पनि एकदुई दिनभित्रमै विश्वासको मत लिने खबरहबलाई बताए । उनले भने, ‘मलाई सहज छ । अब एक दुई दिनमै विश्वासको मत लिन्छु ।’

सत्ता गठबन्धनमै रहेर पनि ओली र नेपालबीच अझै सुमधुर सम्बन्धन बन्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेतासँग छलफल गरेर प्रदेशमा सहज वातावरण बनाएका हुन् ।आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका थिए । त्यसपछि ओलीले कोशीमा एमालेलाई एकीकृतले सघाएपछि सुदूरपश्चिममा पनि सोडारीलाई सघाउने बताएका थिए ।

यससँगै सत्ता गठबन्धन नेताबीचको तनाव पनि केही कम भएको छ । उता मधेसमा पनि तत्काललाई जनमतलाई नभित्र्याएर एमाले नेतृत्वकै सरकार बनाउने बाटो खोलिएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई पार्टीको पोलिटब्युरो बैठकका लागि काठमाडौं आएका छन् । यस्तोमा अध्यक्ष नेपालले राईलाई विज्ञप्ति नै निकाल्न लगाएर एमालेका कार्कीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएका छन् ।

आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई काठमाडौंमा भेटेर आग्रह गरेका थिए । त्यसपछि एमालेसँग एक चरण कुरा गरेपछि सहमति भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका