जोडिनुहोस
  • होमपेज
  • ३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, अख्तियारलाई पत्राचार

३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, अख्तियारलाई पत्राचार

राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम उनीहरुले सम्पत्ति विवरण पेश नगरेको आयोगले जनाएको छ । यसरी सम्पत्ति विवरण पेश नगर्ने कुल ६ हजार ७०५ जना पदाधिकारी एवं कर्मचारीमध्ये निजामती कर्मचारी ३ हजार ३८६ जना रहेको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सम्पत्ति विवरण नबुझाउनेमा विद्यालय शिक्षक ८३१, अन्य राजनीतिक नियुक्ति तथा करारतर्फं ८८९ जना रहेका छन् । केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावली, २०६५ को नियम १० (२) बमोजिम सम्पत्ति विवरण नबुझाउनेहरुका लागि जरिवानाका तिराउत अख्तियारलाई पत्राचार भएको छ । कानुनअनुसार सम्पत्ति विवरण पेश नगर्नेमाथि ५००० रुपैयाँ जरिवाना हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका