जोडिनुहोस
  • होमपेज
  • आईपीएल : आज दिल्ली र लखनउ खेल्ने

आईपीएल : आज दिल्ली र लखनउ खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे दिल्लीमा हुनेछ ।

जारी आईपीएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ । यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल हो । यो खेल जिते पनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।

अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना रहने छ । त्यसैले पनि लखनउका लागि यो खेलमा महत्वपूर्ण रहेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा छ भने लखनउ केएल राहुलको कप्तानीमा यो सिजन खेलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका