
काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले एक पटक मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने माग गरेका छन् ।
परियारले मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पनि यस्तो बताएका हुन् ।
परियारले लामिछानेलाई मंगलबारको बैठकमा बोल्न दिनुपर्ने अडान राखे । ‘धन्यवाद! प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले संसद्को अवरोधको निर्णयमा पुनर्विचार गर्नु आवश्यक छ । गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्मा बोल्न दिनुहोस् ।’