
काठमाडौं – नेपालको ९८ प्रतिशत जनतामा जलविद्युत पुगेको सरकारले जनाएको छ । मंगलबार संघीय संसद्मा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेकोसमेत बताए । उनले भारत र बंगालादेशमा विद्युत् निर्यात सुनिश्चित भएकोसमेत जानकारी दिएका छन् ।